Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : सङ्घर्ष र सपना | सरस्वती पुडासैनी | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : आँसु | कौसिबहादुर सिंह | हाम्रो कथाघर

चैत्र ६, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथा: जनैको साँचो

लघुकथा: जनैको साँचो

आख्यान - लघुकथा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनापुस १५, २०८१61 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“समयले अब नेटो काट्यो । अब कति बाँचुला र खै ? जहान पनि खसेर गई । यी तीन- तीन जना छोराहरु केही गर्ने होइनन् ।” गनगनाए पण्डित !
“पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु । यिनीहरू केही गर्न खोज्दैनन् ? यसो मसँगैसँगै हिँडे पनि केही कुरा सिकिन्थ्यो नि केही गर्नै खोज्दैनन् ? म मरेपछि के हालत होला यिनीहरूको ?” फेरि फत्फताए ।
“जेठो छोरो अल्छी छ, खाली सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, खाली डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?” फेरि थपे ।
“घरको यत्रो जिम्मेवारी छ । यिनीहरू त लिनै खोज्दैनन् । फेरि यी तीनजना मध्ये कसले गर्न सक्छ खै ? यो पनि मलाई थाहा छैन ।” एकालाप गरे ।
एकदिन तीनैजना छोराहरूलाई बोलाएर भने । ल ! आज मैले तिमीहरूलाई काम दिन्छु । खाली कोठा देखाउँदै, यो कोठा खाली छ । यसमा के – के राखेर भर्ने हो ? तिमीहरुको स्व: विवेकले कोठामा केही चिज राखेर भर । यदि कोठा भरियो भने मलाई बोलाए भन्दै गए, पण्डित ।

अब पिताजीले भनेको कुरा कसरी टार्ने ? तीनै भाइ मुखामुख हेर्दै, गर्नै पर्यो ।

जेठाले सोच्यो । यो कोठामा के राखेर भर्ने होला त ? ए ! हुन्छ अब खलियो भरि दाउरा छन् । म त्यहीँ ल्याएर भर्छु भन्यो, गर्यो पनि । दाउराले भरिएन त्यतिकै छाड्यो ।

माहिलाले सोच्यो ‘ए ! हाम्रो घरमा त टन्न धान छ, म अब त्यहीँ धान ल्याएर भर्छु भन्यो’ गर्यो पनि तर भरिएन । त्यसले पनि त्यतिकै छाड्यो ।

अब कान्छाको पालो आयो । उसले कोठा हेर्यो । अरे ! दाइहरुले भर्न नसकेर त्यतिकै छाडेर गए । मैले त खै के सकुला र ? दाइहरु जत्तिको बलवान् पनि त होइन म फेरि भन्यो । एक छिन घोरियो । दिमाग लगाएर सोच्यो । अब म यसलाई पूजाकोठा बनाउँछु भन्यो । बाँकी रहेको ठाउँ सबै सरसफाइ गर्यो । आफ्नी स्वर्गीय माताजीको फोटो लिएर आयो । त्यस फोटोमा फूलको हार लगायो । नजिकै दियो बालिदियो ।

अब तीनैजना छोराहरु पिताजीसम्म पुगेर आ- आफ्नो काम सकेको जानकारी दिए । पिताजी आउँनु भयो र यसो नजर घुमाउँदै हेर्नूभयो । त्यसपछि सोध्नु भयो । के के गर्यौ त भनेर ? तीनैजनाले आफ्नो आफ्नो कामको समीक्षा गरे ।

निर्णय अब पिताजीको हातमा थियो । पिताजीले भन्नुभयो, “म बुढो भए हेर ! डुब्न लागेको घाम हो म । धेरै बाँच्दिन होला । कति खेर के हुन्छ थाहा छैन ? त्यस कारण तिमीहरु मध्ये कसले घरको जिम्मेवारी लिन सक्छ भनेर मैले परीक्षा लिएको हु । ” भने

कान्छालाई सुम्सुम्याउँदै भने , “हेर बाबु आजदेखि मेरो यो जनैको साँचो तिम्रो जनैमा हुनेछ ।”

– भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

भूमिका गैरे तिमिल्सिना लघुकथा

यो पनि पढ्नुहोस्...

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

Leave A Reply Cancel Reply

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : सङ्घर्ष र सपना | सरस्वती पुडासैनी | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : आँसु | कौसिबहादुर सिंह | हाम्रो कथाघर

चैत्र ६, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.