“समयले अब नेटो काट्यो । अब कति बाँचुला र खै ? जहान पनि खसेर गई । यी तीन- तीन जना छोराहरु केही गर्ने होइनन् ।” गनगनाए पण्डित !
“पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु । यिनीहरू केही गर्न खोज्दैनन् ? यसो मसँगैसँगै हिँडे पनि केही कुरा सिकिन्थ्यो नि केही गर्नै खोज्दैनन् ? म मरेपछि के हालत होला यिनीहरूको ?” फेरि फत्फताए ।
“जेठो छोरो अल्छी छ, खाली सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, खाली डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?” फेरि थपे ।
“घरको यत्रो जिम्मेवारी छ । यिनीहरू त लिनै खोज्दैनन् । फेरि यी तीनजना मध्ये कसले गर्न सक्छ खै ? यो पनि मलाई थाहा छैन ।” एकालाप गरे ।
एकदिन तीनैजना छोराहरूलाई बोलाएर भने । ल ! आज मैले तिमीहरूलाई काम दिन्छु । खाली कोठा देखाउँदै, यो कोठा खाली छ । यसमा के – के राखेर भर्ने हो ? तिमीहरुको स्व: विवेकले कोठामा केही चिज राखेर भर । यदि कोठा भरियो भने मलाई बोलाए भन्दै गए, पण्डित ।
अब पिताजीले भनेको कुरा कसरी टार्ने ? तीनै भाइ मुखामुख हेर्दै, गर्नै पर्यो ।
जेठाले सोच्यो । यो कोठामा के राखेर भर्ने होला त ? ए ! हुन्छ अब खलियो भरि दाउरा छन् । म त्यहीँ ल्याएर भर्छु भन्यो, गर्यो पनि । दाउराले भरिएन त्यतिकै छाड्यो ।
माहिलाले सोच्यो ‘ए ! हाम्रो घरमा त टन्न धान छ, म अब त्यहीँ धान ल्याएर भर्छु भन्यो’ गर्यो पनि तर भरिएन । त्यसले पनि त्यतिकै छाड्यो ।
अब कान्छाको पालो आयो । उसले कोठा हेर्यो । अरे ! दाइहरुले भर्न नसकेर त्यतिकै छाडेर गए । मैले त खै के सकुला र ? दाइहरु जत्तिको बलवान् पनि त होइन म फेरि भन्यो । एक छिन घोरियो । दिमाग लगाएर सोच्यो । अब म यसलाई पूजाकोठा बनाउँछु भन्यो । बाँकी रहेको ठाउँ सबै सरसफाइ गर्यो । आफ्नी स्वर्गीय माताजीको फोटो लिएर आयो । त्यस फोटोमा फूलको हार लगायो । नजिकै दियो बालिदियो ।
अब तीनैजना छोराहरु पिताजीसम्म पुगेर आ- आफ्नो काम सकेको जानकारी दिए । पिताजी आउँनु भयो र यसो नजर घुमाउँदै हेर्नूभयो । त्यसपछि सोध्नु भयो । के के गर्यौ त भनेर ? तीनैजनाले आफ्नो आफ्नो कामको समीक्षा गरे ।
निर्णय अब पिताजीको हातमा थियो । पिताजीले भन्नुभयो, “म बुढो भए हेर ! डुब्न लागेको घाम हो म । धेरै बाँच्दिन होला । कति खेर के हुन्छ थाहा छैन ? त्यस कारण तिमीहरु मध्ये कसले घरको जिम्मेवारी लिन सक्छ भनेर मैले परीक्षा लिएको हु । ” भने
कान्छालाई सुम्सुम्याउँदै भने , “हेर बाबु आजदेखि मेरो यो जनैको साँचो तिम्रो जनैमा हुनेछ ।”
– भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।