Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: घृणा

असार १९, २०८२

छोटो कथा: अँध्यारोतर्फको यात्रा

असार १८, २०८२

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » छोटो कथा: पर्दाफास

छोटो कथा: पर्दाफास

आख्यान - कथा
सत्यजीतसत्यजीतफाल्गुन ५, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

जङ्गलमा चराचुरुङ्गीको गुञ्जायमान धुन सुनिन्थ्यो। जगन्नाथ गुनगुनाउँदै जङ्गलको बाटो हिड्दै थिए। घमाइलो जङ्गलको छेउमा चतुरे र धतुरे नामका गोठाला केटाहरू घाम तापिरहेका थिए। जगन्नाथको आवाजले उनीहरू चनाखो भए। धतुरेले झस्किदै सोध्यो, “हजुरबा, यस्तो घना जङ्गलमा किन आउनु भयो?”

“पण्डितकोमा जाँदै छु बाबु हो,” जगन्नाथले भने र हतारिँदै आफ्नो गन्तव्यतिर लागे। कामको चपेटले पण्डितसँग छोटो कुराकानी पछि घर फर्किहाले।

घरमा उनकी श्रीमती धनसराले करेसाबारीमा काम गरिरहेकी थिइन्। जगन्नाथले उनलाई भने, “बा‌को श्राद्धका लागि सामान किन्न बजार लागे, घरमा दुना टपरीको प्रबन्ध गर्दै गर” र उनी पुनः हिँड्दै आफ्नो बाटो तय गरे।

जगन्नाथको मनमा धेरै कुराहरु खेल्न थाल्यो। उनले आफैलाई सोधेँ, “यसपालि लोभी पण्डितलाई के-कति दान गर्नुपर्ला?” उनले सम्झिए, अघिल्लो वर्ष पण्डितले बालाई स्वर्गमा मर्निङवाक गर्ने ठाउँको अभाव भन्दै पाँच रोपनी जग्गा मागेका थिए, र खुसीसाथ दान गरे।

श्राद्धको दिन बिहानै जगन्नाथले सबै तयारी गरे। पण्डित पनि हतारिँदै आइपुगे। “सबै तयारी भयो कि?” पण्डितले सोधे।

“तयारी भइसक्यो, गुरुबा। तर, यसपालि के-कसरी दान गर्ने?” जगन्नाथले जिज्ञासु हुँदै प्रश्न गरे।

पण्डितले लाज पचाउदै हाँस्दै भने, “हिजो सपनामा स्वर्गका बासँग कुरा भएको थियो। स्वर्गको जनसंख्या निकै बढेको रहेछ। अब त्यहाँ बस्नका लागि नयाँ घर चाहिन्छ। यसपालि घर दान गर।”

जगन्नाथले पिता खुसी होलान् भन्ने सोच्दै घर पनि दान गरे। पण्डित खुसी हुँदै घरतिर लागे। धनसराको मन खिन्न भयो, उनले लोग्नेसँग केही बोल्न आँट गरिनन्।

पत्तै नपाई एक वर्ष बितिसकेको थियो। फेरि पण्डितको फोन आयो। उनले भने, “भाद्रपञ्चमीको दिन बिहान ९ बजे श्राद्ध सुरु गर्नु पर्छ। म समयमा आइपुग्छु। मुख्य दानको तयारी पनि गर्नु।”

जगन्नाथले सोधे, “यसपटक के दान गर्नु पर्ला पण्डितजी?”

पण्डितले गम्भीर भएर भने, “स्वर्गसँग नियमित सम्पर्क राख्नुपर्छ। यसपटक दुईवटा आइफोन भए हुन्छ-एक बाको लागि र अर्को मेरो लागि।”

धनसराले यो कुराकानी सुनिरहेकी थिइन्। उनले आश्चर्यजनक स्वरमा भनिन्, “अब त अति भो, तपाईंले पण्डितलाई घरमै पालेर स्वर्गका कुरा गरिरहनुहोला। म त माईत जान्छु!”

जगन्नाथले यो घुर्की ठाने। तर, जब धनसराले कपडा पोको पार्न थालिन्, उनी झस्किए।

“तिमी के गर्दैछ्यौ?” जगन्नाथले सोधे।

धनसराले दृढतापूर्वक भनिन्, “पण्डितको यो ठगी सहने मेरो धैर्य सकियो। अब म कि माइती जान्छु कि समाजका अगुवाहरूलाई बोलाउँछु र यसबारे छलफल गर्नेछु।”

धनसराले समाजका शिक्षक, बुद्धिजीवी र अगुवाहरूलाई बोलाइन्। सल्लाहपछि पण्डितलाई भेट्नको लागि सबै तयार भए।

पण्डित बिहानै जगन्नाथको घर आए। तर, वरिपरि ठूलो भीड देखेर उनी छक्क परे। धनसराले प्रश्नको वर्षा गरिन्,
“पण्डितबा, तपाईंले हालसम्म कति जना स्वर्ग पठाउनुभयो? स्वर्गको जनसंख्या कति छ? के तपाईंको यो काम कानुनी छ? कहिलेसम्म सिधा-सोझा मानिसलाई ठगिरहनुहुन्छ?”

बिचैमा प्याच्च सन्तवीरले थपे, “पण्डितजी यदि तपाईं साँच्चै स्वर्गमा डेलिभरी गर्न सक्नुहुन्छ भने, म पनि तपाईंको सहायक भएर जान तयार छु। के तपाईंले मलाई लैजान सक्नुहुन्छ?”

पण्डित एकछिन बिलाखबन्धनमा परे। उनलाई भित्रभित्रै ठूलै आत्मग्लानी भयो र धेरैबेर सोचेर गल्ती स्वीकार गर्न थाले।

अन्ततः पण्डितले गम्भीर तर नम्र आवाजमा भने, “तपाईंहरूको प्रश्नले मेरो आँखा खोलिदियो। अब म सबै ठगीका सामग्री फिर्ता गर्छु। म भित्रको लोभ र लालचलाई आजैदेखि त्याग्छु। तपाईंहरूको अभियानमा म पनि सहयोगी बन्नेछु।”

धनसराको विद्रोह र समाजको समर्थनले लोभी पण्डितको छलकपटको अन्त्य गर्‍यो। त्यस दिनदेखि, पण्डितले लोभको बाटो त्यागेर सत्य र इमानदारीको बाटो समाते।
०००
~समाप्त~

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

छोटो कथा पर्दाफास सत्यजीत

यो पनि पढ्नुहोस्...

छोटो कथा: अँध्यारोतर्फको यात्रा

कथा: घरको मृत्यु

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

कविता: घृणा

असार १९, २०८२

छोटो कथा: अँध्यारोतर्फको यात्रा

असार १८, २०८२

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.