Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

गैर आख्यान - संस्मरण
कृष्णपक्ष थापाकृष्णपक्ष थापाफाल्गुन २७, २०८१543 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

नोवल्टी सिनेमा घरमा ‘एल ओ सी कारगिल’ लागेको थियो। कारगिलमा पाकिस्तानी सैनिकहरूसँग भएको सीमा सङ्घर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र। गोर्खा राइफलले बगाएका रगतका कथाहरू र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरू पनि थिए त्यहाँ। त्यसैले पनि होला यो भेगमा यसले खुब चर्चा पाएको थियो, यद्यपि ती सबै भारतीय स्वाभिमानसँग जोडिएर प्रस्तुत गरिएका थिए। नेपाली जातीय स्वाभिमानका प्रश्नहरू त केवल मेचीपारिका नेपाली भाषीका छातीभित्र र तिनले कोर्ने साहित्यमा मात्र सीमित थिए।

घाम धेरै माथि आइसकेको थियो, सबेरै कालिम्पोङका साँघुरा बजारमा उभिएका सटरहरूले आँखा खोलिसकेका थिए।

बिहानै चिन्मयको पसलमा एउटा गीत सुनियो –

बस इतना याद रहे एक साथी और भी था ~~~

———————-
हिजो साँझ अबेरसम्म खुब रमाइलो गरियो, रेली खोलाको किनारमा। केही समयदेखि दिनदिनै पिकनिक चल्न थालेको थियो हाम्रो। ७/८ जना भेला भयो, गाडी रिजर्भ गर्‍यो एकातिर कुद्यो। बिहानसम्म ह्याङगओभरले छाडेको थिएन, आज अर्को दिन सुरु भैसकेको थियो, कहाँ जाने र के गर्ने? योजना तय भएको थिएन।

प्रमुख योजनाकार बिहानदेखि देखिएन, मैले सोधेँ, आज ‘कविन’ खै त? आज भने ऊ एउटा काममा व्यस्त हुने भयो। हाम्रो योजनाहरूको सूत्रधार हुन्थ्यो कविन। ल यसो गरूँ भनेपछि तुरुन्त चाँजोपाँजो मिलाई हाल्थ्यो। आधा कालिम्पोङ बस्थ्यो आधा काठमान्डु। “बोर” लागेको भए सिनेमा हेर्न जाम न त? सँगै उभिएको समीरले भन्यो।

बोर त एक महिना अघि काठमाडौं छँदा लागेको थियो मलाई। त्यो भिडभाड र उच्चाटलाग्दो दैनिकीबाट फुर्सद निकालेर कतै पर जाऊँ, लामो समय बिदा मनाउन निस्कूँ।

भारतको पश्चिम बङ्गालस्थित दार्जीलिङ जिल्लाको कालिम्पोङमा थिएँ म, नेपाल बाहिरको नेपाल। जीवन यात्राको सिलसिलामा कहीँ कतै भेटिएर घनिष्ठ हुन पुगेका यी तिनै साथीहरू थिए, जसलाई काठमाण्डुका गल्ली गल्ली घुमाएको थिएँ मैले। स्वयम्भू माथि चढेर उपत्यका नियाल्दा होस् या साँझ परेपछि ठमेलका गल्लीहरू चक्कर लगाउँदा, हामी त्यसताका सधैँ सँगै डुल्ने साथीहरू थियौँ। नगरकोट देखि थानकोट वा दामनसम्म धेरै घुमघाम, भेटघाट र पिकनिकको आयोजना गरेको थिएँ मैले त्यो ग्याङसँग। आज पैँचो फर्काउँदै त्यहीं समूह मसँग कालिम्पोङ घुमिरहेको थियो।

पहाडमा उभिएको, फूलै फूलले सजिएझैँ यो बस्ती, बजार र सबै आफ्नै जस्ता लाग्ने नेपाली भाषी नेपाली अनुहारहरू। यस्तो प्रतीत हुन्थ्यो, यो वस्ति मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु।

बजारको टाउको जस्तो बनेर बसेको दुर्पिनडाँडा माथि उक्लनु, टिस्टा रञ्जित फाँटहरू नियाल्नु वा उत्तर पश्चिम क्षितिजतिर फैलिएको मनोरम कंचनजंघाको लहर हेरेर घण्टौँ रोमाञ्चित हुनु र कुनै कविता कोर्नु, यी कालिम्पोङ सम्झनाका झल्याक्क झुलुकहरू हुन्। स्मृतिको त्यस खण्डमा विशेष गरी धर्म र शान्तिका मन्त्रहरू गुन्जिरहने पुराना बौद्ध गुम्बाहरूको सङ्गीत पनि मिसिन आइपुग्छन्।

मुभी हेर्न जाने मुड भएन, त्यसै पनि अरूको स्वाधीनतामा हस्तक्षेप गर्ने देशको राष्ट्रवादी फिल्म। जब ठाउँ ठाउँ देशका सीमाहरू मिचिएको खबर फैलन्छ /नेपाली भूभाग खोसिएका, ताछिएका समाचारहरू बारम्बार सुनिन्छ,अझ वितृष्णा बढेर आउँछ यो देश प्रति। अनि जब हृदयका स्पन्दनहरूमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरू भेटिन्छन्, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरि एक पटक बेस्सरी दुखे जस्तो लाग्छ -मेरो त्यसताकाको किशोर भावना।

जोस्फिन राई, पश्चिमाजस्तो लाग्ने नाम।

उनीसँगको मेरो एउटा रमाइलो घटना म विशेष गरी सम्झन्छु।

जोश्फिन राई क्रिश्चियन थिइन्। कालिम्पोङमा हुँदा हरेक आइतबार प्रार्थना गर्न जाने जोश्फिन र उनका क्रिश्चियन साथीहरू जब काठमान्डु जान्थे उनीहरूको त्यो क्रम भङ्ग हुन पुग्थ्यो। काठमान्डुमा छँदा एक दिन मैले उनीहरूको बारम्बारको आग्रहपछि ब्लेस्ड भर्जिन मरियमको गिर्जाघर लगिदिएको थिएँ। यो ललितपुरको धोबिघाटमा थियो, जसलाई एजम्सन चर्च भनिँदो रहेछ।

“कृष्ण तिमी कसैलाई प्रेम गर्छौ?’
गिर्जाघर बाहिरको उद्यानमा उनले प्रश्न गरिन्।

मैले भने, ‘पहिले आफूलाई र त्यसपछि भगवानलाई ‘-त्यसबाहेक कुनै स्त्री नि?’ उनले सोधिन्।

‘अहँ‘ मैले जवाफ फर्काएँ। फेरि सोधिन-‘कल्पना त गरेका होउला नि? ‘
मैले भनेको थिएँ, ‘कल्पनामा त कोही मान्छे थियो, तर उनको विवाह अन्तै भैसकेको छ।’

त्यसपछि एउटा प्रश्न गरेर उनले लामो प्रवचन दिइन, त्यो म सधैँ सम्झन्छु-प्रश्न चाहि यस्तो थियो:-

‘प्रेम, मनमा हुन्छ कि मन्दिरमा हुन्छ?’

यतिखेर ऋषि रोडको पिज्जा हटमा उनै जोश्फिन मसँग थिइन। हाम्रो कुराकानी हुँदै गर्दा ललिता, पुष्पा र बुद्ध पनि आए।
‘यो जनवरी भरि तिमी यतै कालिम्पोङ नै बस्छौ नि?’ जोश्फिनले मलाई प्रश्न गरिन।

‘जनवरी मात्र हैन, फेब्रुअरीको दोस्रो हप्तासम्म पनि कृष्ण कालिम्पोङ छोडेर कतै जाँदैन, के छ तेरो विचार? प्रपोज गर्छेस् कि?‘ मैले बोल्नु पूर्व समीर आफैले थपिदियो।

”म पनि त छु, के तिमीले मलाई चाहिँ मान्छे नदेखेको? ‘ पुष्पा जिस्किई। ललिता, पुष्पा र जोश्फिन सबै मेरा रमाइला साथीहरू थिए।

दुर्पिन डाँडा जाने बाटोमा थियो पुष्पाको घर, ‘आज सबै उतै जाने। पुष्पाको घरमा मिठो छ्याङ छ, छ्याङ पिउनुपर्छ।’, प्रस्ताव पारित र निर्णय एकैसाथ भयो।

कालिम्पोङमा एक आदिवासी जनजाति हुँदा रहेछन्-लेप्चा। त्यहाँ हुँदा नै एक पटक म लेप्चाहरूको गाउँमा बिहे भोज खान पुगेको थिए। मेरो रक्सी चुरोटको आदत कहिले पनि भएन तर एक पटक मैले लेप्चाको बिहे भोजमा तोङ्बाको स्वाद भने चाखेको थिएँ। अब मलाई यो छ्याङ कस्तो हुन्छ जान्ने उत्सुकता पनि बढ्यो।

गौरीपुर हाउस

अलिकति उकालो लागेपछि गौरीपुर हाउस आयो। प्रसिद्ध नोबेल पुरस्कार विजेता, भारतीय विख्यात साहित्यकार रवीन्द्रनाथ ठाकुरको कालिम्पोङस्थित बिदा-घर। जीवनको उत्तरार्धमा उनी यस शान्त भेगमा भ्रमण गर्न, यहाँको मनोरम प्राकृतिक सौन्दर्य नियाल्न गुरुदेव धेरै पटक आएका थिए। ७७ औँ जन्म दिवसमा उनले यसै घरबाट ‘जन्मदिन’ शीर्षकको कविता अल इन्डिया रेडियोमा प्रत्यक्ष प्रसारण गरेर मनाएका पनि थिए।

कालिम्पोङको शीतल हावामा अझै गुन्जिन्छन् गुरुदेवका शब्दहरू। धेरै पिँढीहरू पार भइसके… अझै पनि यहाँको वातावरणले सम्झन्छ उनी बसेका ती सुन्दर क्षणहरू, जहाँ उनले केही काव्य हरफहरूलाई जीवन दिए। समयले खण्डहर बनाएको गौरीपुर हाउसमा पुगेपछि मेरो मानसपटलमा ती महान् साहित्यकारको लामो दाह्रीवाल छवि ताजा भएर आयो। मलाई लाग्यो, यो एक युगको साक्षी हो, जहाँ शब्दहरूले इतिहास कोरेका थिए।

दोस्रो विश्वयुद्धको ठिक अगाडी गुरुदेव रवीन्द्रनाथ ठाकुर पहिलो पटक कालिम्पोङका पहाडहरूमा आइपुगेका थिए। भनिन्छ – त्यसताकाका जमिनदार ब्रजेन्द्र किशोर राय चौधरीले उनलाई यो सुन्दर घर समर्पित गरेका थिए। यस घरका पर्खालहरूले गुरुदेवको कलमबाट झरेका अनगिन्ती अमर शब्दहरूको झङ्कार सुनेका थिए। ‘उद्बोधन’, ‘गड्ठिकानी’, ‘आशीर्वाद’, ‘अदया’, ‘जख’, ‘माया’ जस्ता कृतिहरू यहीँ बसेर लेखिएका थिए।

मैले त्यस बेलाको कल्पना गरेँ- गुरुदेव त्यो पुरानो बाल्कोनीमा उभिएर टाढासम्म फैलिएको पहाडी सहरलाई हेरिरहेका छन्। पहाडको मिठो सौन्दर्य र मोहकता बोकेको कालिम्पोङका हरेक कुना उनलाई आफ्नै लाग्थ्यो। त्यहाँका स्थानीय बासिन्दाहरू, बौद्ध लामाहरू, स्कटिश मिसनरीहरू र विद्वान्हरूसँग उनले गहिरो संवाद गरेका थिए।

त्यो ऐतिहासिक क्षण! जब गुरुदेवले आफ्नै जन्मदिनमा कलकत्तास्थित आकाशवाणी रेडियो मार्फत टेलिफोनमा आफ्नो कविता वाचन गरेका थिए- त्यो कालिम्पोङ र कलकत्ताबिचको पहिलो टेलिफोन सम्पर्क थियो। यस्तो ऐतिहासिक क्षणहरूको साक्षी रहन पाएको यो घरलाई अहिले पश्चिम बङ्गाल सम्पदा आयोगले यसलाई राष्ट्रिय सम्पदाको सूचीमा राखेको छ तर सो बखत त्यसो भएको थिएन।

निकै कौतुहलता पुर्वक नियालिरहेको मलाई देखाउँदै समीरले भने – “ल हेर! साहित्य प्रेमी भएपछि यस्तो हुन्छ। एउटा पुरानो घरमा भुल्न पाइहाल्यो, हाम्रो त उसलाई अब के वास्ता भयो र?”

यो जीर्ण घर मात्र होइन नि यो त एक महान् साहित्यिक मनको भावनाहरूको आश्रय स्थल हो। शब्दहरूले जीवन्तता पाएको एउटा युगको प्रतिबिम्ब पनि हो- मैले भनेँ।

मित्रताको आयु

गौरीपुर हाउस पुगेपछि हाम्रो बहसले शीर्षक पायो-प्रेम र मित्रता।

जोस्फिनले यसै विषयमा एउटा सानो र रमाइलो दृष्टान्त पनि सुनाइन,

‘आफूसँगै आइरहेको मित्रतालाई देखेर प्रेमले सोधेछ – मेरो पछि पछि तिमी किन आइरहेका छौ? मित्रताले भन्यो- प्रेम, तिम्रो भर छैन, तिमीले त धोका दिन सक्छौ, आँसु र घात पनि दिन सक्छौ, हो त्यो बेला तिमीले छाडेर गएका आँसुहरू पुछ्न म त्यहाँ हुनेछु।’

तर हामी मध्ये कसैलाई थाहा थिएन, प्रेमले छाडेका आसुहरू पुछ्ने मित्रताका ती हातहरू कतिन्जेलसम्म हामीसँग रहन्छन्।

मित्रताको साथ रहने अवधि, हद या सिमाना कतिसम्म हो? यो प्रश्नको उत्तर कसैसँग थिएन-“मित्रताको आयु कति हुन्छ?”

म साहित्यमा रुचि राख्छु उनीहरूलाई थाहा छ, भारतीय नेपालीको नाताले नेपाली साहित्यमा उनीहरूको पनि झुकाव छ।

गोर्खा ल्यान्डको परिकल्पनामा यहाँको राजनीति वृत्त आजपर्यन्त सङ्घर्षरत छ। कुनै कालखण्डमा पश्चिम बङ्गाल राज्यको यो दार्जिलिङ कालिम्पोङ क्षेत्र उन्नाइसौँ शताब्दीपूर्व क्रमशः भुटान र नेपालको आधिपत्यमा थियो। यसर्थ पनि उनीहरूका साहित्यमा जातीय स्वाभिमान र प्रवासी पीडाहरू प्रशस्त लेखिएका छन्।

“धेरै दिन भो, खै त यार, तिमीले केही लेखेका छैनौ आजकल? कथा कविता लेखी बस्थ्यौ त?”
“अहँ मैले प्रेम दिवसलाई साँचेको.. त्यही दिन सुनाउँला।” अब ठट्टा गर्ने पालो मेरो थियो।

हो, मैले केही लेखेको थिइनँ, त्यतिकै मन चञ्चल भइरहेको हुन्थ्यो। लेखनीका ड्राफ्टहरू या मनमा सलबलाएका भावनाहरू साँझको मादकतासँगै घुलेर जान्थे। त्यस दिन भने फर्केपछि मैले डायरीमा एउटा कविता लेख्न बसेँ-‘मित्रताको आयु’। तर त्यो कविता पुरा भने भएन।

त्यसको केही दिन पछि कविन र म सिक्किमतिर लाग्यौँ।

ओहो! कति छिटो बग्ने समय? महिना र बर्ष गर्दै आज दशक बितिसके, जिन्दगी बगेर धेरै पर आइपुगी सकेछ। समय क्रमसँगै हामीले थाहा पायौँ, नदीको बहाव जस्तै यो एउटा स्वभाव रहेछ जीवन यात्राको। असङ्ख्य नयाँ परिचय थपिँदै गयो। साथीहरू कति भेटिए, कति छुटिए …… तर मित्रताको त्यो आयु?

मित्रताको आयु कति लामो हुन्छ? यसको उत्तर त मसँग आज पनि छैन। किनकि स्कुलका साथीहरू, गाउँघरका साथीहरू, कलेजका साथीहरू अनि क्रमशः परदेश हिँडेपछि त्यसै सिलसिलामा बनेका साथीहरू सबै क्रमशः जोडिँदै अनि छुट्दै गए, टाढिँदै गए। तर पनि एक पटक छापिएपछि मित्रताका धमिला अवशेषहरू स्मृतिमा भने सधैँ बाचिरहँदो रहेछ। सम्झनाको यो उमेर भने लामो हुँदो रहेछ, समयले मलाई यस्तै सिकाएको छ।

मनको किताब फिँजाएर आज विगतका पानाहरू पल्टाउन बसेको छु म ..यति बेला भन्न मन लागेको छ – ए सम्झना! मेरो उमेर लिएर तिमी हजार वर्ष बाँच। जुनी जुनीसम्म बाँच।
०००
इजराइल

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

यात्रा पोखराको – चाँदनी कुमारी

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.