तीस पेजकाे ‘नाेरी’ हात पर्नासाथ कहिले पल्टाउ त्यस भित्रकाे भावसंग तालमेल बढाउ की या विराेधाभास ? भन्ने हुटहुटीले पिराेली रह्यो । मेराे कवि ईश्वर थाेकरसंगकाे याे तेस्रो भेट थियाे, पहिलाे भेटमा सामान्य परिचय भएकाे थियाे भने समयकाे अन्तराल पछि दाश्राे भेटमा चाहिँ बढि आत्मियता हुँदै केही समय साहित्यकाका विषयमा चर्चा चलेको थियाे ।
तेस्रो भेट धेरै पछि मात्र भयाे, त्यो भेटमा अनुपम आनन्दमय भएकाे थियाे, वहाँको हातमा ‘नाेरी’ लघु कविताकाे पुस्तिका थियाे याे वहाँको तेस्रो कविता सङ्ग्रह भन्ने पनि थाहा भयाे । भाग्यसंगकाे मेराे भनाई अरुकाे भन्दा अलि फरक थियाे, जुन ‘नाेरी’ पढदा मेराे भनाई बहुतै मेल खान पुग्याे, किनभने म भाग्यलाई आधा आधार संयाेग पनि मान्दथे, याे वहाँको ‘नाेरी’ पनि संयाेगले यथार्थकाे धरातलमा टेकेकाे भन्ने याे पढ्ने जाे काेहिलाई पुष्टि हुन्छ नै ।
‘नाेरी’ साेह्र शिर्षकमा, छाेटाे, मिठाे र गम्भीर प्रेम प्रसंग संग गाँसिएको सरल र मिठासपुर्ण रुचिकर लाग्ने त्यो कवितामा कविले प्रसस्तै मेहनत गरेकाे बाेध हुन्छ र “जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि” भन्ने सार्थक भएजस्तो लाग्दछ । हुन त यथार्थ परक कविता लेख्ने कला कमैमा हुन्छ तर ‘नाेरी’ पढ्दा याे झनै पुष्टि हुन्छ । ‘नाेरी’ महिला पात्री वनाएर कविले आफ्नो कवितामा अनुपम साैदर्य झल्काउन सफल भएका छन र यस्काे पहिलाे शिर्षककाे भावमा नारीलाई सुनाउँदछन आकर्षणकाे मनाेविश्लेषण ।
हुबहु त्यस्तै अनि फेरि सपनालाई ब्युँताउने प्रसंगमा मुटुभित्रकाे उद्वेलित भाव पाेख्न खप्पिस छन कवि । यथार्थमा हामी सबै सपनामै त छौँ भन्ने वेदान्त दर्शणकाे अभिप्राय मिल्दाे जुल्दाे देखिन्छ । फेरि विशेषगरी प्रेममा प्रेमलाई न लगीदिएर जागृत बाेधमा झल्काउन खाेजेका छन तर याे नै तेस्रो शिर्षकमा नै याे बाेधले पुर्णता पाएकाे जस्तो देखिन्छ, संवादलाई कलामा सजाउदै लग्ने गुण चाैथाे शिर्षकमा भेटन पुगिन्छ ।
कविलाई प्रश्न गर्ने जिज्ञासा उठ्याे हाे त यस्तै ?
प्रेममा उपहार पाउनु नाैलाे विषय पनि रहेन तब त कविले प्रेमलाई चाेरीदैन भन्ने आभास झल्काउन सके । उपहारले विचित्रताको खुल्दुलि मच्यायाे ‘अबाेध’ शिर्षक काे कविता पढ्दा अर्थलाई अनर्थमा नलग्ने हाे भने बाबू जत्तिकै पृय मानिन्छ कम्युनिष्ट सिद्धान्त भन्ने दर्साउदछन् उनी ।
अर्को शिर्षक ‘डा.प्रदिपसंगकाे बितेको क्षण’मा जुन हृदय स्पर्शी
वाक्य छ त्यो हाे “जीवन लामाे छ” सवैकाे मानसपटलमा घुमिरहन्छ ।
यति सम्मका शिर्षकमा यस्तै बुझे ,
कविताकै भाषामा बोल्ने हाे भने एकै लाईनमै सिङ्गो कविता काेर्न सकिएला
कवीले त सपनामा पनि छाेरीसंग मनका कुरा भन्दै मनकै कुरा चलाएका छन फेरि मनलाई घाेडा सरि दाैडाएका पनि छन ।
बिरामीकाे वार्डबाट उनले मनका विरह पनि पाेखे,
अब त पाेल खाेल्नै पर्याे हैन र? प्रेममा जुन शब्दले निशब्द भएर खेलि रहन्थ्याे अब शब्दले नै रमाईलाे प्रेम काे खेल खेल्न वञ्चित हुनु नपराेस् भन्ने ठानेर अनि जीवन पनि संगालाे नै भने नरेश शाक्यमा पुगेपछि ।
फेरि सम्झनाहरु पढे पछि जा् केही विर्थ वड्थ काे बाल्यकालकाे कविता शिर्षक पढ्नेले त्यस्तै संझन पुगिन्छन नै ।
अन्तिम शिर्षक रह्यो नाेरीकाे अभिप्रेरणा द्वारा काेरीएकाे हरफका कविता, निचोड त यही हाे यथार्थ परक नारी प्रतिकाे पुरुषकाे प्रेम भाव जाे न हुने थियाे न हुने थिएन, कहाँ सुन्यमै प्रेम घुमिरहेकाे थियाे त ? थियाे भने त्यही नै अन्तिम सत्य थियाे प्रेमकाे, पुर्णताकाे, जीवनकाे उल्लासकाे, आनन्द विभाेरकाे ।
अन्तमा मेराे कवित्व साधना कमै भए पनि समिक्षक हुन नरुचाउदा पनि जे जाने जे ठाने त्यहि लेखेँ भुलचुक माफ ।
अस्तु ।
– यज्ञ कार्की
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।