Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: कथाकार शुषमा चित्रकारप्रति

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति

गैर आख्यान - संस्मरण
ईश्वर थोकरईश्वर थोकरपुस १६, २०८१450 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

प्रेरणा
कथाकार शुषमा चित्रकारसँग मेरो पहिलो भेट हुँदा मेरो पहिलो कृति ‘पिङ्गाई’ भर्खँर–भर्खँर प्रकाशित भएर आएको थियो ।

उहाँ र म (अरू कवि–लेखकहरूसहित) त्यसबेला तत्कालीन ‘पेन लभर्स इन नेपाल’ले काठमाडौँको सुन्दरीजलमा आयोजना गरिएको ‘कविता गीत गजल’ शीर्षक ब्यानरको एउटा साहित्यिक कार्यक्रममा सक्रिय सहभागी हुनपुगेका थियौँ । त्यसै कार्यक्रममा मैले मेरो प्रकाशोन्मुख कृति ‘प्लिक्सी’बाट ‘मेरो बाल्यकाल’ शीर्षक कविता पहिलो पटक वाचन गर्ने सौभाग्य पाएको थिएँ ।

‘पेन लभर्स इन नेपाल’मा वाचित ‘मेरो बाल्यकाल’ शीर्षक मेरो उक्त कविताको कथाकार शुषमाले खुलेरै प्रशंसा गर्नुभएको थियो । उहाँको प्रशंसालाई मैले प्रेरणाको रूपमा लिएको थिएँ ।

प्लिक्सी

‘प्लिक्सी’ प्रकाशित भएर आएको केही समयपछाडि मैले कथाकार शुषमा चित्रकारलाई फोनमार्फत सम्झिएँ । उहाँले उत्साहित हुँदै सुनाउनुभयो, ‘ईश्वर भाइ, म कार्यरत अफिस जावलाखेलको स्टाफ कलेजमा हो । भोलि बिहानीपख त्यहीँ आउनू । म तपाईँलाई पर्खिबसेको हुनेछु ।’

नभन्दै उहाँ कार्यरत जावलाखेलको अफिसमा म पनि उत्साहित हुँदै पुगेँ ।

भेटेलगत्तै मैले उहाँलाई ‘प्लिक्सी’ दिएँ । उहाँले ‘प्लिक्सी’लाई प्रेमपूर्वक सुमसुम्याउन थाल्नुभयो ।

लेखकीय

एक दिन दिउँसोपख कथाकार शुषमा चित्रकारले फोनमा साह्रै भावुक भएर भन्नुभयो, ‘ईश्वर भाइ, तपाईँको प्लिक्सी पढेँ । मैले आँसु थाम्न सकिनँ । किप इट अप !’

उहाँले त्यसो भनिरहँदा मैले ‘प्लिक्सी’मै प्रकाशित भएर आएको ‘प्लिक्सी, म र टौमढी’ शीर्षक मेरो लेखकीय भूमिकालाई तुरून्तै सम्झिँहालेँ–

प्लिक्सी र म बालसखा । दाइ–बहिनी पनि ।
टौमढीको बार्दलीमा कहिलेकाहीँ म रोइदिँदा उनले आँसु पुछिदिन्थिन् र भन्थिन्, ‘दादा, म छु नि !’
आज उनी मछेउ भइदिएकी भए; बेलाबखतमा बगेका मेरा आँसु पुछिदिन्थिन् कि !

धुकधुकी

कथाकार शुषमा चित्रकारसँग परिचय हुनुअगावै मधुपर्क, गरिमालगायतका केही साहित्यिक पत्रपत्रिकाहरूमा मैले उहाँका लेख–रचनाहरू नियमित पढ्दै आइरहेको थिएँ ।

पछि मैले उहाँको ‘नयाँ साथी’ (बालकथासङ्ग्रह) उहाँमार्फत नै पढ्न पाएको थिएँ ।

भेटका क्रममा एकबिहान उहाँले मलाई प्रेमपूर्वक उहाँको ‘नेपाल हाइकु केन्द्र’ (नेहा), काठमाडौँबाट प्रकाशित ‘आराध्य’ (हाइकुसङ्ग्रह) उपहारस्वरुप दिनुभयो ।

उहाँको ‘आराध्य’ (हाइकुसङ्ग्रह) भित्रको एउटा हाइकुमा गएर म टक्क अडिएँ–

भेटघाटमा
बढेको धुकधुकी
तिम्रो कि मेरो ?

अनुवाद

कथाकार शुषमा चित्रकारको ‘नयाँ साथी’ (बालकथासङ्ग्रह) भित्रको ‘कमिलो’ शीर्षक बालकथालाई तामाङ भाषामा अनुवाद गरेर म तामाङ बालसाहित्य अनुवाद क्षेत्रमा प्रवेश गरेको थिएँ ।

उक्त अनूदित बालकथा ‘तामाङ डाजाङ’ (२०७१) साहित्यिक मासिकमा प्रकाशित भएर आएको थियो ।

त्यसपछि मैले निरन्तररूपमा अन्य भाषाका बालसाहित्यलाई तामाङ भाषा–साहित्यमा भित्र्याउने अभियान थालेँ ।

यसैबीचमा मैले ‘द एसिया फाउन्डेसन’, ‘सिर्जनालय’जस्ता संस्थाहरूमा अनुवादक भएर काम गर्ने सौभाग्य पनि मिलेको थियो ।

प्रशंसा

धेरैसमयअगाडि मैले कथाकार शुषमा चित्रकारलाई समर्पित गरेर तामाङ भाषामा एउटा संस्मरण लेखेको थिएँ ।

उक्त संस्मरण ‘तामाङ डाजाङ’ साहित्यिक मासिकमा प्रकाशित भएर आएको थियो ।

त्यही संस्मरण पछि ‘तामाङ न्हाङखोर’, काठमाडौँबाट प्रकाशित ‘वाला सुइटर’ अर्थात् ‘रातो स्वेटर’ (२०७५) र ‘थेबा बुक्स’, काठमाडौँबाट प्रकाशित ‘ल्हुइला गोङमा’ अर्थात् ‘जीवनका पाइला’ (२०७६) शीर्षक मेरो दुई संस्मरणसङ्ग्रहमा पनि क्रमशः प्रकाशित भएर आएको थियो ।

कवि तथा मातृभाषा अभियन्ता यकिना अगाधले कथाकार शुषमा चित्रकारमाथि लेखिएको मेरो संस्मरणको खुलेरै प्रशंसा गर्नुभएको थियो ।

आँसु

म भर्खँर–भर्खँर ‘नेपाल मेडिकल कलेज’, अत्तरखेल, काठमाडौँको ‘मानसिक वार्ड’बाट डिस्चार्ज भएर घर फर्किएको थिएँ ।

धेरैसमयको अन्तरालपछि फेसबुक खोलेँ ।

फेसबुक खोल्नसाथ सुरूमै कथाकार शुषमा चित्रकारको स्टाटस देखेँ ।

स्टाटसमा उहाँले यस्तो लेख्नुभएको थियो–

‘ईश्वर भाइ, किन अचेल सन्चो छैन र ? फेसबुकमा हस्पिटल र तपाईँको बिमारीका कुरा पढेँ, के भएको थियो ? छिट्टैै निको हुनुस् शुभकामना ।’

उहाँको स्टाटस पढ्दापढ्दै आँसु थाम्न सकिनँ । छेउमा होमवर्क गर्न छाडेर स्वीकृति पनि सुक्कसुक्क गर्दै थिइन् ।

मैले सोधेँ, ‘स्वीकृति, तिमी किन रोएकी ?’

मेरो आँसु पुछिदिँदै उनले पनि सोधिहालिन्, ‘अनि, तपाईँचाहिँ किन रूनुभएको नि ?’
त्यत्ति भनेर उनले मलाई धेरैबेरसम्म अँगालीरहिन् ।

– ईश्वर थोकर
jimmewari lekhak

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ईश्वर थोकर संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.