शिक्षा आज डिग्रीको बन्धक बनेको छ। कागजको टुक्रालाई ज्ञानको प्रमाण ठान्ने सोच हाबी छ। मानिस ‘डिग्री’ को पछि दौडिरहेका छन्। तर डिग्रीले सोच बदल्न सकेको छैन।
डिग्रीले नेता बनाउँछ भन्ने भ्रम छ। ठूलै डिग्री लिए पनि कामको ग्यारेन्टी छैन। विद्यालयमा पढाइभन्दा नक्कली प्रमाणपत्र चल्छ। विश्वविद्यालयमा शिक्षा हैन, व्यापार चलिरहेको छ।
डिग्री सानो भयो भने अपमान! ठूलो भयो भने गर्व! तर डिग्री ठूलो हुँदा पनि बेरोजगारी भने उस्तै। कारण के हो? डिग्रीलाई माया गर्ने समाज, तर शिक्षा दिने प्रणाली कमजोर।
डिग्रीले पेट भर्दैन। सोच र सीपले मात्र गरिबी हटाउँछ। तर यहाँ सीपभन्दा डिग्रीलाई सम्मान गरिन्छ।
नेताहरू डिग्रीको महत्त्वमा भाषण दिन्छन्। तर तिनका आफ्नै डिग्री प्रायः विवादास्पद हुन्छन्। जनता शिक्षामा सुधार चाहन्छन्। नेताहरू डिग्रीका नारा बेच्छन्।
डिग्री बदल्न मिल्दैन भन्छन्। तर सोच बदल्न त सकिन्छ। सोच बदल्न शिक्षाको क्रान्ति आवश्यक छ।
शिक्षा प्रणाली सुध्रिए मात्र देशको भविष्य बदलिन्छ। सोचले शिक्षा दिनुपर्छ। शिक्षा सोच्न सिकाउनुपर्छ। डिग्रीले होइन, विचारको परिवर्तनले मात्र समाजको उन्नति सम्भव छ।
डिग्रीलाई सफलता मान्ने समाजमा, ज्ञानको गहिराइ हराउँदै छ। विद्यालयमा परीक्षा पास गर्न पढाइ हुन्छ, तर जीवन चलाउन चाहिने सीप दिइँदैन। डिग्री ठूला, सोच साना यही देशको विडम्बना हो।
डिग्रीका नाममा झगडा चल्छ। “तिम्रो डिग्री सानो, मेरो ठूलो!” भन्ने गफ छ। तर बेरोजगारहरूको संख्या सबैभन्दा ठूलो छ। न डिग्रीले रोजगार दिन्छ, न सोच बदल्न सक्छ।
सीप सिकाउने शिक्षा प्रणाली कता हरायो? मानिस केवल सर्टिफिकेट खोजिरहेका छन्। डिग्रीको ठुलाइमा गर्व गर्नेहरू, काममा असफल भइरहेका छन्।
डिग्रीको झगडाले राजनीति पनि छोएको छ। नेताहरूले फर्जी डिग्रीका साहारामा कुर्सी कब्जा गर्छन्। तर जनताको समस्या समाधान गर्ने सोच कसैको छैन।
शिक्षाको मुख्य उद्देश्य सोच बदल्नु हो। तर यहाँ डिग्रीका लागि पढाइ हुन्छ। “तिमीले कति जानेका छौ?” भन्दा “तिमीले कति डिग्री कमाएका छौ?” भन्ने प्रश्न आउँछ।
डिग्रीका पछाडि दौडनेहरू जीवनमा दौडिन सकेका छैनन्। शिक्षा व्यवस्थामा सीप र सोचको कमीले नै आजको समाज पछाडि धकेलिएको छ।
डिग्रीलाई ज्ञानको प्रमाण मान्ने हो भने यहाँ पढेलेखेकाहरूले मात्रै काम गर्नुपर्ने हो। तर सोचको अभावले, पढेलेखेकै समाज पनि असक्षम छ।
डिग्री ठूला, रोजगार साना। डिग्री धेरै, तर सोच कम। शिक्षाको मुख्य उद्देश्य सोच विकसित गर्नु हो। जबसम्म सोच बदलिन्न, डिग्रीले जीवन बदल्न सक्दैन।
शिक्षा डिग्रीका लागि होइन, जीवनका लागि हुनुपर्छ। डिग्री होइन, काम र व्यवहारले व्यक्तिको क्षमता निर्धारण गर्नुपर्छ।
सीपमूलक शिक्षा प्रणाली आवश्यक छ। ज्ञान र सीपको क्रान्ति बिना देशको प्रगति सम्भव छैन।
समाधान के?
१. व्यवहारिक शिक्षा
पाठ्यक्रमलाई व्यवहारिक बनाउनु जरुरी छ। पढाइ मात्र होइन, काम सिकाउने प्रणाली चाहिन्छ।
२. सीपको प्राथमिकता
डिग्रीभन्दा सीप ठूलो हो। सीपले मात्र रोजगारी सिर्जना गर्छ।
३. सोचको विकास
शिक्षाले सोचाइको विकास गर्नुपर्छ। सोचले मात्र व्यक्तिको वास्तविक प्रगति सम्भव छ।
४. शिक्षामा लगानी
सरकारले शिक्षालाई राजनीतिको उपकरण बनाउनु हुँदैन। शिक्षा सुधारमा ध्यान दिनुपर्छ।
डिग्रीको पछाडि दौडिनु भन्दा सोच र सीपको विकासमा ध्यान दिनुपर्छ। डिग्रीको आकारले होइन, काम र योगदानले व्यक्तिको मूल्य निर्धारण गर्नुपर्छ। देशको भविष्य सुधार्न सोचको क्रान्ति आवश्यक छ।
०००
सिद्धार्थटोल, उदयपुर।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।