Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ३४

बैशाख २६, २०८२

गजल श्रृङ्खला – १४

बैशाख २६, २०८२

मुक्तक श्रृङ्खला – ३४

बैशाख २६, २०८२

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

गैर आख्यान - निबन्ध
ईश्वर के. सी.ईश्वर के. सी.चैत्र १२, २०८१560 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“मेरो देश” शीर्षकमा एउटा निबन्ध लेख भन्दै विद्यार्थीहरूलाई गर्वका साथ देश चिनाउँदै थिएँ। ठूलो-ठूलो आवाजमा कराउँदै थिएँ- “म नेपाली हुँ! नेपाली हुन पाएकोमा गर्व गर्छु, किनभने नेपालमा जन्मिन नपाएर धुरुधुरु रोएका थुप्रै विदेशी दाजुभाइलाई फकाउने अवसर पाएको छु।”

मेरो आवाजलाई रोक्दै एकजना विद्यार्थी जुरुक्क उठ्यो अनि भन्यो- “सर, अरू विषय दिनु न! देशको बारेमा त के लेख्नु, के छ र लेख्नु? बरु अमेरिका, क्यानडा, जापान, बेलायत, दुबईको बारेमा लेख्न दिनुहोस्। मलाई सबै थाहा छ तिनीहरूको बारेमा, मैले इन्टरनेटमा खोजेको छु। पछि म उतैको नागरिक बन्ने त हो। किन लेख्नु देश? किन देख्नु देश?”
उसको कुरा सुनेर कस्तो नराम्रो लाग्यो।

धेरै बेर सोचें अनि भावुक हुँदै उसलाई सम्झाएँ-
“हेर बाबु! देशको सानो-सानो कुरा थाहा पाउन जरुरी छ। देश भनेको आमा हो। यसरी आमालाई हेला नगर। ल! भन त, हाम्रो देशमा जनसंख्या कति छ?”

उसले मेरो प्रश्न भुइँमा खस्न नपाउँदै मुख खोल्यो-
“हाम्रो देशमा मात्र तीन जना जनता छन्!”
“तीन जनाको पनि देश हुन्छ?” म कराएँ।
उसले गम्भीर हुँदै भन्यो-
“हाम्रो देश छ त, सर!”

मैले फेरि सोधेँ-
“को हुन् त ती जनताहरू?”
उसले मुसुमुसु हाँस्दै जवाफ दियो-
“देउबा, के.पी बा, अनि प्रचण्ड!”
म ट्वाँ परें।

मैले फेरि उसलाई एउटा प्रश्नको झापड हिर्काएँ-
“तिमी को हौ त यो देशको?”
उसले निराश हुँदै भन्यो-
“यसको जवाफ म आफैं खोजिरहेको छु, सर! हजुर भनिदिनु न- म को हुँ? हजुर को हो यो देशको?”

साँचै! “म” को हुँ त यो देशको?
म सोच्न थालेँ। उसको प्रश्नले मलाई आफ्नै पहिचान खोज्न बाध्य बनायो।

“सर! नयाँ नेपाल, नयाँ नेपाल भनेको सुन्छु। देश पनि कहिले नयाँ, कहिले पुरानो हुन्छ र? हजुरले त दुईटै नेपाल देख्नुभयो है, सर?”

“नयाँ नेपाल त म पनि बाँच्दै छु! पुरानो नेपालमा पहिले राजा थिए रे, है? देशमा त्यतिखेर जनता थिए रे, हो?”
उसले सुस्केरा हाल्दै भन्यो-

“अहिले त सबै जनता नेता भएछन्, है सर! देश त दुई भागमा विभाजित भएछ नि- नेता अनि समर्थक! हजुर नेता कि समर्थक, सर?”
उसको प्रश्नले म नराम्ररी घाइते भएँ।

उसले फेरि सोध्यो-
“सर! राजा हुँदा देश कस्तो थियो?”
मैले आँखाभरि आँसु जमाउँदै जवाफ दिएँ-
“बाबु! देश… देश जस्तै थियो!”

उसको गहिरो सोचमा म डुब्न बाध्य भएँ!
सानो दिमाग, कति ठूलो सोच!
उसँग धेरै कुरा सिक्न मन लाग्यो।
मैले उसलाई फेरि सोधेँ-
“बाबु! देश बदल्न के गर्नु पर्ला?”

उसले मलाई पढाउँदै भन्यो-
“सर! देश किन बदल्नु पर्यो! पृथ्वीनारायण शाहले बनाएर हाम्रो हातमा सुम्पेको होइन र? बाँदरको हातमा नरिवलको गेडा भयो, है, हाम्रो देश? कठै! बिचरा मेरो देश! बाँदरले ऐना हेर्दा आफैँलाई देख्ला कि हामी नेपाली जनतालाई, सर? मात्र जनता बदलिन जरुरी छ। जनता बदलिएपछि नेता त्यसै बदलिन्छन्, अनि देश… देश भइहाल्छ नि, सर!”

उसको कुरा सुनेपछि मैले आफैँलाई एउटा प्रश्न गरेँ-
“म उसको शिक्षक कि विद्यार्थी?”
म जवाफ आफैँभित्र खोज्दै थिएँ, उसले फेरि अर्को प्रश्नको झटारो हान्यो।

“सर! सुन्नु न! हाम्रो सभा स्थल अगाडि एउटा राष्ट्रिय झन्डा झुकेको धेरै भयो। त्यो झन्डाको सूर्य र चन्द्र कहिले उदाएको देखिनँ। सर, भन्नू न! त्यो सूर्य र चन्द्र कहिले उदाउँछ?”

मिल्ने भए उसको सोचलाई नेपालको राजनीति बनाउँथें।
कहाँसम्म पुगेको उसको सोच!
कास्! यही बच्चा हाम्रो देशको प्रधानमन्त्री भा’को भए!!

निकै बेर आँखा चिम्लेर भोलिको नेपाल नियालेँ।
म चाहन्न, उसको सोचले पछि खाडीको हवाईजहाज चढोस्!
मैले उसको टाउको सुम्सुमाउँदै भनेँ-
“बाबु! एक दिन अवश्य उदाउँछ हाम्रो झन्डाको चन्द्र र सूर्य!”

तर,
“कहिले?”
उसको प्रश्नमा आवेग थियो।
उसलाई सान्त्वना दिँदै भनेँ-
“जुन दिन राजधानीको बगरमा गुराँस फुल्छ, जुन दिन राजधानीको आकाशमा डाँफे उड्छ! हो, त्यही दिन हाम्रो झन्डाको चन्द्र र सूर्य उदाउँछ।”

ऊ खित्का छोडेर हाँस्यो।
सायद, उसले मेरो कुरा पत्याएन।
आफ्नै प्रश्नको उत्तर आफैँ दिँदै भन्यो-
“जुन दिन भेडा जनता मानिस बन्छन्, जुन दिन समर्थक जनता बन्छन्, अनि जुन दिन जनताले छान्छ- आफ्नो प्रधानमन्त्री! हो, त्यही दिन हाम्रो झन्डाको चन्द्र र सूर्य उदाउँछ!!”

“सर! त्यो समयसम्म देश रहला कि नरहला?”
उसको प्रश्नमा नेपाल थियो, नेपालप्रतिको माया थियो।

हो! ठीक त्यही बेला,
मलाई हाम्रो राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्युले रचना गर्नुभएको एउटा गीत याद आयो,
जसको शब्द… शब्दमा राष्ट्रप्रेम छ, नेपाल छ!

“नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे,
उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे!!”

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ईश्वर के. सी. निबन्ध

यो पनि पढ्नुहोस्...

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

यात्रा पोखराको – चाँदनी कुमारी

निबन्ध: शब्दहरूमा प्रेमको अभिव्यक्ति

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: सपना

कथा: पश्चात्ताप

पाक्षिक लघुकथा अभियान – अंक ०७

कथा: स्वास्नी

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ३४

बैशाख २६, २०८२

गजल श्रृङ्खला – १४

बैशाख २६, २०८२

मुक्तक श्रृङ्खला – ३४

बैशाख २६, २०८२

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.