गाउँबाट उपचारको लागि काठमाडौं गएको बेला बिसराम थारुलाई लाग्यो, मलिक्वालाई भेटेर जानु पर्छ। गएको मंसिरमा चुनाउको बेला उनलेे आफ्नो मलिक्वालाई गर्नु मदत गरे। चार गाउँको ड्यास बन्ढ्या गुर्वा भएकोले भोट हालिदिन अनुरोध गरे। चुनाउ पनि जिते उनको मलिक्वा।
“काठमाडौं आएपछि आइस् है बिसराम । तँलाई बस्न खान मेरै घरमा दिन्छु ।”
वास्तवमा मलिक्वा धेरै असल छन् । नभए चुनाउ जितेर किन यसरी भनेर जान्थे,बिसरामलाई लाग्यो। साँझको समय थियो। बिसराम मन्त्री ज्युको घर अगाडी पुगेर पालेलाई भने।
“हजुर म गाउँ देखिन् मन्त्री ज्युलाई भेट्न आको। बिसराम भेट्न आछ भनिदिनुस् हजुर। उहाँ फ्यात्तै चिनिहाल्नु हुन्छ ।”
यति सुनेपछि पाले भित्र गयो र एकछिनमा आयो पनि तर भित्र मन्त्रीले बोलाएको कुरा गरेन। बिसराम मन्त्री ज्यु आफै बाहिर आउने आशामा बसिराख्यो। एकछिन पछि मन्त्री आफै आए।
“देख्नु भो मेरो पावर, मन्त्री खुद भेट्न आउदै छन्।”
आफ्नो ज्वाँईलाई भन्दै थिए। यतिकैमा मन्त्री गाडीमा चढे। गाडी हुँइकियो।त्यसपछि बिसरामले भने।
“मन्त्री ज्यु आँखा देख्नु भएन कि क्या हो।”
यतिकैमा पाले बोल्यो ।
“चुनाउको बेला तपाईंहरु देख्नु भएन।”
लघुकथाकारको परिचय
नाम: गणेश वर्तमान
ठेेगाना: ठाकुरबाबा, बर्दिया / हाल, काठमाडौं